बर्दिबासका तीन पसलमा एक लाखभन्दा बढीको सामान चोरी

बर्दिबासका तीन पसलमा एक लाखभन्दा बढीको सामान चोरी

महोत्तरी : महोत्तरीमा एक लाखभन्दा बढीको चोरी भएको छ। बर्दिबासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरमा गरी तीनवटा पसलमा चोरी भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसार गएराति खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख र आराध्या मोटर पार्टसबाट सामान र नगद गरी २ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन्। खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ।

आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका सञ्चालक सुरज खड्काले बताए। 

प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.