आकर्षणको केन्द्र दूधकुण्ड

आकर्षणको केन्द्र दूधकुण्ड

दोलखा : दोलखाको रोल्वालिङ पदमार्गमा पर्ने दूधकुण्डमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ । प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक महत्वको पर्यटकीय गन्तव्य दूधकुण्डमा पुजा गर्दा पशुलाई नोक्सानी नहुने स्थानीयको विश्वास रहेको छ। च्छो रोल्पा हिमतालबाट दुई घण्टा उकालो गएपछि पुगिने दूधकुण्ड चार हजार पाँच सय मिटरको उचाइमा रहेको छ। विभिन्न हिमश्रृंखलाले घेरिएको दुधकुण्ड निक्कै आकर्षक पर्यटकीय गन्तव्य रहेको स्थानीय फुर्वाठिले शेर्पा बताउँछन्। 

रोल्वालिङ पदमार्गमा पर्ने बेदीङ, ना, ठाङ्दीङमालगायतका शेर्पा समुदायका मानिसले चौंरी गोठ विभिन्न स्थानमा सार्ने बेलामा दूधकुण्डमा पुजा गर्ने र यसरी पुजा गर्दा पशुलाई कुनै रोग नलाग्ने, जंगली जनावरलेसमेत नोक्सान नगर्ने र गाँउलेलाई कुनै समस्या नहुने जनविश्वास रहेको ठाङ्दीङकी स्थानीय रिकु शेर्पाले बताइन्। 

विगतमा रोल्वालिङ पदमार्गमा आउने पर्यटकहरूको अन्तिम गन्तव्य च्छो रोल्पा हिमताल हुने गरेकोमा अहिले दुईघण्टा माथि रहेको दूधकुण्ड र त्यो भन्दा एक घण्टा माथि रहेको हलेसी गुफासम्म पनि पुग्ने गरेको रिकु शेर्पाको भनाइ छ। दूधकुण्ड पुग्न सदरमुकाम चरिकोटबाट दुई घण्टाको बस यात्रामा सिमिगाँउ पुगिने र त्यहाँबाट तीन दिनको पैदल यात्रा गर्नुपर्ने शेर्पाले बताइन्।

रोल्वालिङ पदमार्गमा अहिले पर्याप्त संख्यामा होम स्टे र केही सुविधासम्पन्न होटलहरू समेत रहेकोले च्छो रोल्पा, दूधकुण्ड, हलेसी गुफालगायतका पर्यटकीय गन्तव्यमा पुग्न समस्या नहुने स्थानीयको भनाइ छ। पाँच हजार मिटरको उचाइमा रहेको हलेसी गुफामा गुरु रिम्पोचे ज्ञान प्राप्तिका लागि बसेको विश्वास रोल्वालिङ क्षेत्रका स्थानीयको छ। गौरीशंकर, यलुङ री, रम्दुङ, फर्छेमुलगायतका हिमश्रृंखलाले घेरिएको च्छो रोल्पा, दूधकुण्ड र हलेसी गुफामा चैत बैशाखदेखि साउन, भदौसम्म दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.