नेहा र निहारिका प्रहरी नियन्त्रणमा

नेहा र निहारिका प्रहरी नियन्त्रणमा

महोत्तरी : अधिकारको माग गर्दै महोत्तरीमा गरिएको प्रदर्शनले उग्र रुप लिएपछि महोत्तरी प्रहरीले नेहा चौधरी र निहारिका सिंह राजपुत (कुमारी आमा) लाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो रामगोपालपुर नगरपालिकाको कार्यालय अगाडि प्रर्दशनमा उत्रिएका उनीहरू नेतृत्वको समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गर्न थालेपछि महोत्तरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूको समुहले नगरकार्यालय अगाडि उग्र रुपमा विरोध प्रर्दशन गर्नुका साथै नगरपालिकाको कार्यालयमा तोडफोड र कर्मचारीउपर हातपात गर्न थालेपछि तत्काल उनीहरूलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको हो।

प्रर्दशनमा ६ सुरक्षाकर्मी घाईते

बिहीबार सडक जाम गरेर आन्दोलनमा उत्रिएकी नेहा र निहारिका नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। प्रत्यक्षदर्शीका अनुसार आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार सो घटनामा परि २ सशस्त्र प्रहरी, १ नेपाल प्रहरी र ३ नगरप्रहरी घाइते भएका छन्। घाइते हुनेहरूमा नेपाल प्रहरीका सहायक प्रहरी हवल्दार मुकेशप्रसाद यादव, सशस्त्र प्रहरीद्वय शिवसागर कुँवर र कमलेशप्रसाद यादव रहेका छन्। 

त्यस्तै, रामगोपालपुर नगरपालिकाका कार्यरत नगर प्रहरीहरू कृष्ण पण्डित, गंगाराम राय र सुरेश राय घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा उपचार भइरहको प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

कारबाहीको माग

रामगोपालपुर नगरपालिकाको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै प्रर्दशनकारीले ढुंगामुढा, तोडफोड, आगजनी गरिएपछि कानुनी कारबाहीका लागि माग गरेको छ। आन्दोलनको नेतृत्व गर्ने नेहा चौधरी र निहारिका सिंह राजपुतको समुहले ढुंगामुढा गर्दा नगर प्रहरी घाइते हुनुका साथै करिब ५ लाखको क्षति भएको विज्ञप्तिमा उल्लेख छ। नगरप्रमुख रामदुलार साहले जारी गरेको सो विज्ञप्तिमा करिब ५ सयजनाको प्रदर्शनका नगर प्रहरी हवल्दार किशन मण्डलको हात भाँचिएको जनाइएको छ। 

सरकारी कार्यालयमा भएको अराजक घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्न नेहा चौधरी, निहारीका राजपुतलगायत यस कार्यमा संलग्न व्यक्तिहरूलाई सरकारी सम्पत्ति तोडफोड, आगजनी गरी नोक्सान गरेको भन्दै असुलउपर गराइ दोषीहरूमाथि कारबाहीको माग गरिएको छ।

मेयर साहले नेहा र निहारिका चौधरीलाई आवश्यक कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी दीपक पहाडीसमक्ष उजुरी गरिएको बताएका छन्। डा. पंकज चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथि थप अनुसन्धान गरिरहेको समयमा अनावश्यक रुपमा आन्दोलन चर्काएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, ‘नेहा चौधरी र नेहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। नेहा र निहारिकालाई नियन्त्रणमा लिएपछि अहिले आन्दोलन रोकिएको छ। त्यहाँको अवस्था समान्य बनाउन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो।’ 

मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश पाएलगतै औरही नगरपालिका–१ माइत पक्षबाट रामगोपालपुर नगरपालिका घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर आन्दोलन भएको हो। 

नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै निहारिकाको नेतृत्वमा बुधबारदेखि केही युवाहरूलाई समर्थनमा लिई  रामगोपालपुर चोकमा सडक अबरुद्ध गर्दै उनीहरू आन्दोलनमा उत्रेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.