महोत्तरीमा महिलाको शव भेटियो
गौशाला : महोत्तरीको सोनमामा एक महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको छ। सोनमा गाँउपालिका १ मा गत मंगलबार मृत अवस्थामा भेटिएकी रमिता देवी दासको शव शंकास्पद रहेको माइतीपक्षले आरोप लगाएका छन्।
रमिताका मामा पवनकुमार दासले दिएको जानकारी अनुसार घरझगडाको कारण माइती धनुषाको ढल्केवरमा रहँदै आएकी रमिता घर फर्किएको भोलिपल्ट नै मृत भेटिएकी जानकारी दिए। आफूहरु घटनास्थलमा पुग्दा मृतकको खुट्टा भुईमा टाँसिएकोले घटना शंकास्पद रहेको उनको भनाइ छ। मृतकको हत्या गरेर झुण्डाएको हुन सक्ने उनीहरुको आरोप छ।
ईलाका प्रहरी कार्यालय गौशालाले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। पोष्टमार्टमका लागि शव पठाइएकोले रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !