पक्राउ परेका महन्थ जग्गनाथ दासलाई अनुसन्धानका लागि रुपन्देही लगियो

पक्राउ परेका महन्थ जग्गनाथ दासलाई अनुसन्धानका लागि रुपन्देही लगियो

महोत्तरी : महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको हो । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयका अनुसार रोक्का गरि राखिएको खाता फुकुवा गर्नका लागि किर्ते कागज बनाएको आरोपमा प्रहरीले महन्थलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ परेका महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरि रुपन्देहीस्थित मेगा बैंकबाट ७० लाख ८२ हजार ५१० रुपैयाँ ३५ पैसा निकालिएको उनीमाथि आरोप रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

बैंकबाट निकालिएको सो रकम उनले जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको अनुसन्धानको क्रममा पाइएको छ । उनलाई थप अनुसन्धानको लागि रुपन्देही पठाईएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.