श्रीमानबाट लुकेर खोलेको वित्तीय संस्थाबाट करोडको कारोबार

श्रीमानबाट लुकेर खोलेको वित्तीय संस्थाबाट करोडको कारोबार

महोत्तरी: १२ वर्ष अगाडि श्रीमानबाटै लुकेर गौशालाका महिलाहरूले संचालनमा ल्याएको सहकारी संस्थाले करौडौको कारोबार गर्न थालेको छ। ०६८ सालमा गौशाला नगरपालिका ५ मा सञ्चालन थालिएको सेवा समाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडले १ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ।

तत्कालिन वेलगाछी गाविसका ११ जना महिलाले स्थापना गरेको सो संस्थाले अहिलेसम्म ८६ लाख २४ हजार १६५ रुपैयाँको ऋण लगानी गरेको छ। त्यस्तै संस्थाको नामको बैंकको खातामा ३४ लाख १३ हजार ५२ रुपैयाँ मौज्दात छ।
 

तत्कालिन समयमा समूहमा बस्न श्रीमानलाई आग्रह गर्दा घरका अन्य सदस्यले विरोध गरेको र आफैँले काम थालेको गौशाला-८ की रामपरिदेवी साहले बताइन्। उनले भनिन्, ‘अनेकौ संस्थाले ठगेका थिए। हामीलाई पनि यस्तै आरोप थियो। घरपरिवारबाटै हाम्रो कामको विश्वास थिएन। घरबाटै लुकेर जसोतसो पैसाको बन्दोवस्त गरेर मासिक ५ सय रुपैयाँ जोहो गरेर समुहको बैठक बस्थ्यौ। अहिले यो अवस्थामा आइपुग्यो। खुसी लागेको छ।’

‘श्रीमान् खेतमा वा बाहिर गएको समयमा प्रायः दिउँसोका समयमा हाम्रो बैठक हुन्थ्यो। लुकेर बसेको बैठकले तय गरेको निर्णय कार्यान्वयन गर्दा अहिले हाम्रो संस्थाले उदाहरणीय काम गरेको छ।’

'सुरुमा बचत गर्न हामीलाई समस्या थियो', स्थानीय शिक्षिकासमेत रहेकी हरिमाया क्याप्छाकीले भनिन्, ‘घरायसी काम गर्न छुट्याएको रकम बचाएर बचत गर्‍यौँ। सुरुमा हामी आफैँले काम गर्‍यौँ। पछि श्रीमानलाई पनि सम्झायौँ। त्यसपछि प्रगति भयो। अहिले परिवारमै खुसियाली छ।’

वितिय कारोबारका साथै साक्षरता बनाउने उद्देश्यले तत्कालिन समयमा संस्थाको स्थापना गरिएको संस्थाकी सदस्य अनिता कुमारी सिंहले बताईन् । उनले भनिन्, ‘अहिले संस्थामा ५७० सेयर सदस्य मासिक रुपमा बचत गर्छौँ। आवश्यक परेको खण्डमा संस्थाले सुलभ दरमा ऋण उपलब्ध गराउँदै आएको छ। आवद्ध सदस्यलाई विभिन्न समयमा वितीय साक्षरता सम्बन्धि तालिम, गोष्ठी पनि दिने गरेका छौँ। अहिले सेयर सदस्य स्वालम्वी, आत्मनिर्भर भएका छन् । उनीहरू फजुल खर्च पनि गर्दैनन्।’
 
संस्थाले गतवर्षको तुलनामा यसवर्ष ६० लाख ८७ हजार २११ रुपैयाँभन्दा बढिको कारोबार गरेको संस्थाकी कोषाध्यक्ष लिलकुमारी आलेले बताईन् । उनले भनिन्, ‘यस संस्थामा प्रबन्धकदेखि पदाधिकारी र समूहमा आवद्ध भएका पनि महिला नै हुन् । पहिले पहिले वेवास्ता गर्दै आएका पुरुष अहिले सक्रिय रुपमा सहयोग गर्दै आएका छन्।’

धेरै मिहनेतपछि स्थापित भएको संस्थाले यस्तो प्रगति गर्दा धेरै खुसी मिलेको बताउँछिन् संस्थाकी अध्यक्ष मनकुमार थापा। उनले भनिन्, ‘सुरुमा हामीलाई सारै गाह्रो थियो। अहिले सहज भएको छ। हाम्रो कामको सबैका परिवारले खुलेर तारिफ गर्नुहुन्छ। हाम्रो संस्था पनि करोडको कारोबार गर्ने भएको छ।'

अहिले संस्थाले आफ्नै भवन बनाइसकेको छ। स्थानीय तहका सरकारले पनि सहयोग गरेको प्रवन्धक रेखाकुमारी सिंहले बताईन् । उनले भनिन्, ‘गौशाला नगरपालिकाले १० लाख रकम बराबरको बजेट संस्थालाई उपलब्ध गराएपछि संस्थाले भवन बनाउन सफल भयो। प्रदेश सभा सदस्य भरतप्रसाद साहले संसदीय कोषमार्फत संस्थाको नाममा २५ लाख बराबरको कोष गत आर्थिक वर्षमा छुट्याएको थियो । कोरोना लगायतका विविध कारणले काम गर्न नसकेपछि रकम फ्रिज भएको थियो। यो रकम उपलब्ध प्राप्तिका लागि संस्था प्रक्रियागत रुपमा लागेको छ।’

अहिले संस्थाका २६ समुह नगरभरमा सञ्चालित छन् । हरेक समूहमा महिला नै आवद्ध छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.