रिभरसाइड उत्साही कपको च्याम्पियन
बेनी : आयोजक टिमलाई हराउँदै बेनी नगरपालिका–२ बगरफाँटको रिभरसाइड युवा क्लब चौथो नव उत्साही सेभेन ए साइड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार भएको फाइनलमा आयोजक नव उत्साही समूह पर्वत बेनीलाई पराजित गर्दै रिभरसाइड च्याम्पीयन बनेको हो।
निर्धारित ४०/४० मिनेटको खेलमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा ढकेलिएको थियो। ट्राइवेकरमा रिभरसाइटले ३ र नवउत्साहीले २ गोल गरेका थिए। २५ टिम सहभागी प्रतियोगिता पुष ६ गतेदेखि सुरु भएको नवउत्साही समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए।
प्रतियोगितामा विजेता र उपविजेताले ट्रफी मेडल र प्रमाणपत्र सहित ८८ हजार ८८८ र ४४ हजार ४४४ पुरस्कार पाएका छन्।
प्रतिक्रिया दिनुहोस !