महोत्तरीमा एक वर्षमा १० जनाको हत्या, ४० जनामा यौनदुर्व्यवहार

महोत्तरीमा एक वर्षमा १० जनाको हत्या, ४० जनामा यौनदुर्व्यवहार

महोत्तरी : महोत्तरीमा पछिल्लो वर्ष अपराधजन्य क्रियाकलापमा वृद्धि भएको पाइएको छ। एक तथ्यांकअनुसार  २०७८ मा बलात्कार,बलात्कार प्रयास र यौनदुर्व्यहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वनजिक भएको छ।

महोत्तरीको जलेश्वरमा सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमकाबीच सो तथ्यांक सार्वजानिक गरिएको हो । 

इन्सेक महोत्तरीका जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लाभरिमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अभिलेख गरेका घटनाहरूको प्रस्तुत गरेका थिए । सार्वजनिक गरिएको तथ्यांकअनुसार परिवारजन र व्यक्तिबाट १० जनाको हत्या , बलात्कार, बलात्कार प्रयास र  यौन दुर्व्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पोसारका १, बहु विवाह १३, बाल विवाह एक, प्रहरीको गोली प्रहारबाट दुईजना घाइतेलगायत ६४ घटना घटेका छन्।

महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले हिंसा परेका पीडितलाई अन्तिम न्यायको विन्दुसम्म पुर्‍याउन सहयोग निरन्तर जारी राख्नु पर्ने बताइन् ।

महिला मानव अधिकार रक्षक महोत्तरीका अध्यक्ष काजल नागवंशीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरूका लागि दस्तावेज रुपमा अनुभूति भइरहेको बताइन् ।

कार्यक्रममा मानव अधिकार रक्षक संजालका सल्लाहकार तथा पत्रकार रंजन भण्डारीले इन्सेकले समय समयमा गर्ने यस प्रकारको कार्यक्रममार्फत जिल्लाको मानव अधिकार अवस्थाबारे छलफलको वातावरण बनेको बताउँदै उनले पछिल्लो समय जिल्लामा आत्महत्या चुनौती बन्दै गइरहेकोले आत्महत्या न्यूनीकरणको पहल हुनु पर्नेमा जोड दिएका छन् । 

पत्रकार भण्डारीले महोत्तरीमा भई रहेको विभिन्न खाले महिला तथा घरेलु हिंसा रोकथामको लागि ग्रामिण भेगहरु सम्म संजाल विस्तार गर्न आवश्यक रहेको सुझाव दिए। महिला अधिकारकर्मी साधना बर्माले जिल्लामा अधिकारकर्मी र यस क्षेत्रमा काम गर्ने बीच एकिकृत भएर आवाज र कदम चाल्नु पर्ने आवश्यक्ता रहेको बताइन्। 

उनले अधिकारकर्मीहरुलाई पनि बेला बेलामा नयाँ नीतिनियम र कानुनको आवश्यक जानकारीका लागि अभिमुखिकरण कार्यक्रमको खाँचो रहेको बताइन् । कार्यक्रममा विभिन्न संघसंस्था, संचारकर्मी, अधिकारकर्मीलगायतका उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.