खसीको हिसाब नबुझाएपछि हत्या!

खसीको हिसाब नबुझाएपछि हत्या!

महोत्तरी: घटना गत बुधबारको हो, महोत्तरीको सम्सी गाँउपालिका २ का ३७ बर्षीय खुर्सैद अन्सारी अर्धचेत अवस्थामा भेटिए। उनको उपचारका क्रममा जनकपुरको जानकी हेल्थ केयरमा उपचारका क्रममा आइतबार निधन भयो।

काम गर्न बिहानै हिँडेका उनी एकाएक बोहोस अवस्थामा चोटपटकसहित फेला पर्नु र उनमा देखिएको चोटको प्रकृतिले घटना रहस्यमयी थियो। परिवारले अन्सारीको हत्या भएको भन्दै प्रहरीमा उजुरी दियो। प्रहरीको अनुसन्धानबाट खुल्यो एक सानो निहुँमा अन्सारीको हत्या भएको रहेछ। अर्थात उनले काम गर्ने साहुले एक खसीको मासु बिक्रीवितरणको हिसाब नबुझाउँदा निर्मम कुटपिट गरेका रहेछन्। 

कुटपिटबाट गम्भीर बनेका अन्सारीको उपचारका क्रममा मृत्यु भयो। अन्सारी शेष अब्दुस सलामको पसलमा काम गर्थे। मासिक १५ हजारमा काम गर्दै आएका अन्सारी खुसी थिए। तर बुधबारको अप्रत्यासित घटनाले उनलाई मृत्युको मुखमा पुर्‍यायो। त्यो दिन सलामले बिहानै बोलाएका थिए। बोलाएर जवर्जस्ती लागूऔषध खुवाएर कुटपिट गरेका थिए। यो दुखद घटनाको रोचक पक्ष के छ भने उनले आफ्ना एक सहयोगी साविर शेखलाई सम्पूर्ण घटनाको भिडियो खिच्न लगाएका थिए। अन्सारीलाई कुट्न सलामले जीन्वा शेखको पनि सहयोग लिएका थिए।

अन्सारीको परिवार

शेखले खिचेको भिडियोमा अन्सारीलाई गरिएको दुर्व्यवहार देखिन्छ। जहाँ कपडा खोलेर मलद्वारमा आगो लगाइदिने, मलद्वारमा उखुको लौरो घुसाउनेसहितका कारूणीय दृश्य देखिन्छ। अन्सारीमाथि निर्मम कुटपिटसहित पसलमा काटेर ब्रिक्री गरिएको खसीको हिसाब सलामले मागेका छन्। उनले पसलको सामान चोरी गरेको आरोप पनि लगाएका छन्। अन्सारीले भने आफूले पसलको कुनै सामान चोरी नगरेको र खसीको मासु बिक्रीको सम्पूर्ण हिसाब बुझाउँछु भनेका छन्। 

आफैँ मासु काटेर बेच्दै आएका अन्सारीले लगानी गर्ने रकम अभाव र आम्दानी कम हुन थालेपछि सलामको पसलमा किराना पसलमा काम गर्ने, खसी काट्ने काम गर्ने सम्झौतासहित मासिक १५ हजार बुझ्दै आएका थिए। उनले साहुको घरमा चिया खाना बनाउनेसम्मको काम पनि गर्दै आएका थिए। 

के भन्छन् आफन्त ?

मृतकका भाइ मोहम्मद जमसद अन्सारीले दाजुलाई चरम यातना दिएर हत्या गरेको बताएका छन्। उनले भने, 'मेरो दाजुको मलद्वारमा खुर्सानी, फर्निचरको धुलो र टमाटरसमेत कोचेछन्। करेन्ट लगाएछन्, जलाएछन्, अनुहारमा पनि चोटैचोट थियो।'

श्रीमती रसिदा खातुनका अनुसार १२ घण्टासम्म श्रीमानलाई चरम यातना दिइएको छ। सँधै काममा पनि शारीरिक मानसिक यातना दिने गरेको उनले बताइन्। कुनै रिसइवी नभए पनि बुहार बिहान चार बजे नै साहुजीले बोाएको उनले बताइन्। अन्सारीलाई स्थानीय साविर शेखले मोटरसाइकलमा राखेर लगेका थिए। उनले भनिन्,'सबै ठिकै थियो। एक्सासी उहाँ अचेत भएको खबर आयो। मैले त केही सोच्नै सकिन। तीन दिनसम्म उपचार भयो। डाक्टरले बचाउन सकेनन्। अब हामी कसरी बाँच्नु?'

मृतक अन्सारीको परिवारमा हजुरआमा, श्रीमती र ६ सन्तान छन्।

परिवार चलाउने अन्सारीको निधन भएपछि सबै पीडामा छन्। न्यून आर्थिक अवस्था भएको परिवारमा उनका जेठा छोरा २० वर्षीय छन्। उनलाई वैदेशिक रोजगारीमा पठाउने अन्सारीको योजना थियो। परिवारका अरु सदस्यले मेलापात गर्दै आएका थिए। घरको मूली नै नरहेपछि परिवार कसरी चलाउने भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ। पीडित परिवारले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। 

दोषीलाई कारबाही हुन्छ: प्रहरी
घटना लगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले अभियुक्त अब्दुस सलामलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान मार्ने उद्योग र अमानवीय व्यवहार मुद्दा चलाईएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए। अन्य दुई सहयोगीको खोजी जारी रहेको मिश्रले बताए। उनले भने, ‘पीडित परिवारले न्याय पाउँछ। यो घटनामा संलग्न सबैलाई कारबाही हुन्छ।'

अन्सारीमाथि ०६९ सालदेखि नै विभिन्न मुद्धा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.