राप्ती उपत्यकामा यस्तो देखियो लुम्बिनी प्रदेश सभाको भवन (फोटोफिचर)

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ पूर्णरूपमा कार्यान्वयन आएको छ। सोमबारदेखि संसद सचिवालयको काम पनि राप्ती उपत्यकाबाटै सुरु भएको हो। अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभाको सबै कामकाज सोमबारदेखि दाङबाट सुरु भएको प्रदेशसभा सचिव दुर्भकुमार पुनले बताए।
‘प्रदेशसभा र सचिवालयको सबै कामकाज स्थायी राजधानीबाट सुरु भएको छ’, सचिव पुनले भने, अब कुनै पनि काम अस्थायी मुकाम बाट हँुदैन। उनले अब ‘प्रदेश प्रमुखबाट प्रदेश अधिवेशन आह्वान हुने र नयाँ प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराइने बताए।
अबको प्रदेशसभा बैठक र नव निर्वाचित प्रदेशसभा सदस्यको शपथ यही राख्ने योजना छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको यसअघि नै जानकारी गराएको थियो।

संवैधानिक व्यवस्थाअनुसार पुस २१ भित्र प्रदेशसभाको बैठक बस्ने छ। १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण राखिने तयारी संसद सचिवालयको छ। प्रदेशसभाको बैठक आयोजनाको दिनलाई उत्सवको रूपमा मनाउने गरी तयारी गरिएको प्रदेशसभा सचिव पुनले जानकारी दिए।
‘संघीयता कार्यान्वयनको लागि लुम्बिनीले अग्रणी भूमिका खेलेको छ’, उनले भने, ‘स्थायी राजधानीमै सदन सञ्चालन गर्न आफ्नै भवन समेत तयार पा¥यौँ। अब यहीबाट संसदीय अभ्यास हुन्छ।’ ससद भवन ५ करोड २० लाख रुपैयाँको लागतमा तयार भएको हो।
प्रतिक्रिया दिनुहोस !
