यातायात व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै कुटपिट

यातायात व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै कुटपिट

गोरखा: गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले नयाँ व्यवसायीलाई कुटपिट गरेका छन्। यसअघि सिर्जित विवादबारे छलफल गर्न प्रहरी कार्यालयमा भेला भएका पुराना व्यवसायीले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्।

कुटपिटबाट स्मार्ट राइड सर्भिसका दीपक शाही घाइते भएका छन्। छलफलका लागि प्रहरी कार्यालयभित्र भेला हुँदा अपशव्द प्रयोग गर्दै आफूमाथि आक्रमण गरेको शाहीले जानकारी दिए।

‘हामीलाई पहिल्यैदेखि छेकथुन गर्दै आएका थिए। आज पनि विवाद भएको थियो’, शाहीले भने, ‘अनि म प्रहरी कार्यालयभित्र छलफल भएको ठाउँमा जानेवित्तिकै अश्लील शव्द प्रयोग गर्दै आक्रमण गर्न आइहाले ।’ आक्रमणबाट आफू सामान्य घाइते भएको उनको भनाइ छ।

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर चल्न पाउने कि, यातायात व्यवस्था कार्यालयमा दर्ता भएर मात्र चल्न पाउने भन्ने विषयमा दुई पक्ष बीच लामो समयदेखि विवाद भएको थियो । ‘स्मार्ट राइडर सर्भिस प्रालिले गोरखामा मोटरसाइकल वर्कसप सञ्चालन गर्ने भनेर वडा कार्यालयमा व्यवसाय दर्ता गरेर निजी सवारी साधनमा यात्रु बोक्ने गरेका छन्’, गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने, ‘हामीलेचाहिँ विधिवत रुपमा आधिकारिक निकायमा यातायात व्यवसाय दर्ता गरेर काम गर्नुपर्छ भन्दै आएका हौँ । त्यही विषयमा छलफल गर्न लाग्दा एकाथरीले मुख छाडे, अर्काथरीले हात छाडेका हुन् । पछि दुवैले गल्ती स्वीकार गरेर माफी मागेर छुटेका छन्।’

स्मार्ट राइडिङ सर्भिसले भने चितवन जिल्लामा प्रधान कार्यालय रहेको प्रालिले गोरखामा सेवा विस्तार गरेको बताएका छन् । ‘त्यही प्रालिले अरु जिल्लामा राइड सेयरिङ गर्न पाउने, हाम्रो गोरखामा नपाउने के कारणले हो ?’, उनी भन्छन्, ‘सरकारले व्यवसाय दर्ता गरेर राजस्व तिरेर व्यवसाय सञ्चालन गर्न पाउने भनेर खुल्ला गरेपछि पनि गोरखामा सिण्डिकेट लगाइएको छ ।’ गत साउनमा लञ्च गरेर गोरखामा स्मार्ट राइडिङ सर्भिसले राइड सेयरिङ गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म गोरखामा ३० वटा मोटरसाइकल र स्कुटी यस प्रालिमा दर्ता भएका छन् । चार वटा मात्र सञ्चालनमा छन् ।

प्रहरी कार्यालयभित्रै भएको कुटपिटको घटना केही समयपछि मेलमिलाप गरेर फर्किएको डीएसपी लीलाराज लामिछानेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.