हुस्सु र शितलहरले तराईको जनजीवन प्रभावित
महोत्तरी: हुस्सु र शितलहरले तराईको जनजीवन प्रभावित बन्दै गएको छ। हुस्सुसँगै चिसो बढेपछि अतिविपन्न, दलित, मजदुर, किसान समस्यामा परेका छन्। चिसोको असर विद्यालय जानुपर्ने कम उमेरका विद्यार्थीलाई पनि परेको छ।
चिसो मौसममा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त भएकालाई ख्याल गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए। उनले भने, ‘यस्ता व्यक्तिहरुलाई अत्याधिक चिसोसँग सामना गर्न गाह्रो पर्छ। उनीहरुलाई विशेष ख्याल गरौ अनि झोलिलो तथा ताता खानेकुरा प्रशस्त मात्रामा दिऔं।’
प्रतिक्रिया दिनुहोस !