बर्दिबासमा विवादित जग्गा संरक्षणको जिम्मा विद्यालयलाई
बर्दिबास (महोत्तरी) : बर्दिबास नगरपालिकाको कार्यालयले विवादित जग्गालाई संरक्षण गर्ने जिम्मा विद्यालयलाई सुम्पिएको छ।
वडा नं. ३ को अध्यक्ष विराट विष्टको पहलमा सो जग्गालाई स्थानीय जनजागृत माध्यमिक विद्यालयको स्वामित्वमा राखि पहलकदमी लिइएको छ। १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएको वडाध्यक्ष विराट विष्टले बताएका छन्।
लामो समयदेखि जोतभोग गर्दै आएको दावी गर्दै व्यक्तिले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउँदै स्थानीय कुमारप्रसाद घिमिरेको संयोजकत्वमा समिति बनाई संरक्षणको जिम्मेवारी विद्यालयलाई दिइएको वडाअध्यक्ष विष्टले जानकारी दिए।
विभिन्न व्यक्तिले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दर्यकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले बताए।
उक्त जग्गामा पार्क समेत निर्माण गरी स्थानीयका लागी आयआर्जनको वातावरण सिर्जना गरिने तयारी भएको अध्यक्ष बिष्टले बताए।
प्रतिक्रिया दिनुहोस !