मटिहानी नगरपालिकाले बाड्यो पोसिलो आहार
महोत्तरी: मटिहानी नगरपालिकाको कार्यालयले ५ सय जनालाई पोसिलो आहारसहितको झोला वितरण गरेको छ। नगरपालिकाको कार्यालयले एक कार्यक्रम गरी सुनौलो हजार दिनका आमालाई पोसिलो आहार सहितको झोला वितरण गरेको हो।
मधेस प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र मटिहानी नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीमार्फत सुनौलो हजार दिनका आमालाई वितरण गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।
झोलामा १ किलो हलुवा, १ किलो दलिया, १ किलो मिठो मिश्रित खिचडी र १ किलो स्पेश खिर सुपर प्लस रहेको नगर स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले बताए।
प्रतिक्रिया दिनुहोस !