जापान भैरहवाको साझेदार बन्दै

जापान भैरहवाको साझेदार बन्दै

कानपुर : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र जापानबीच नगरपालिकामा विकासका योजनाहरू सञ्चालनका लागि छलफल भएको छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको नेतृत्वमा भारत भ्रमणमा रहेको टोलीले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकासका लागि जापानससँग छलफल गरेको हो।

सिद्धार्थनगरको तर्फबाट प्रमुख इश्तियाक खान, उपप्रमुख उमा अधिकारी, इन्जिनियर विष्णुप्रसाद पन्थीलगायत र जापानका तर्फबाट संसदीय उपरक्षामन्त्री फुजीमारु सातोशी, पूर्वआइटीमन्त्री एवं आर्थिक तथा औद्योगिक विकास संसदीय समितिका अध्यक्ष नाओकाजू ताकेमोटो, आर्थिक तथा औद्योगिक विकास संसदीय समितिका सल्लाहकार मोहम्मद जाबेद खान, जापानका विशेष सल्लाहकार अब्दुल रहमान खानबीच विकासका योजनाहरू सञ्चालनका लागि भारत उत्तर प्रदेशको कानपुरमा छलफल भएको हो।

सिद्धार्थनगर नगरपालिकामा विकासका योजनाहरू सञ्चालनका लागि जापानसँग भएको छलफल सकारात्मक भएको नगर प्रमुख खानले बताए। ‘हामीले जापानसगँ शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकास गर्नका लागि छलफल गरेका छौँ’ उनले भने, ‘उहाँहरू यस विषयमा सकारात्मक हुनुहुन्छ।’
संसदीय समितिका सल्लाहकार मोहम्मद जाबेद खानले सिद्धार्थनगर नगरपालिकामा विकासका आफूहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.