गौशाला नगरपालिकामा एक पसलमा आगलगी

गौशाला नगरपालिकामा एक पसलमा आगलगी

महोत्तरी : महोत्तरीको गौशालावजारमा आगलगी हुँदा ११ लाख बराबरको क्षति भएको छ । गएराति गौशाला वजारस्थित चाँदनी रेडिमेट सेन्टरमा आगलगी हुँदा सो परिमाणको कपडा जलेर नष्ट भएको छ।  

पसल बन्द गरी घर जाने क्रममा बाटोमा नै पसलमा आगलगी भएको घटनाको खबर पाएको पसल सञ्चालक कमलेश मंडलले बताए ।  पसलमा आउँदा प्रहरीको टोलीले पसलमा लागेको ताल्चा फुटाइ आगोलाई नियन्त्रणमा लिएको मंडलले बताए ।

समयमै आगलगीलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए । आगलगी विद्युतको सर्टसर्किटबाट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.