लागुऔषधसहित महोत्तरीबाट तीनजना पक्राउ

लागुऔषधसहित महोत्तरीबाट तीनजना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । मंगलबार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँजको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं. ६ का ३० वर्षीय जयराम आले मगर,  सोही ठाँउका २७ वर्षीय सुमन परियार र २८ वर्षीय सुमन परियारलाई ७४ थान लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतको बोर्डर कन्हमाबाट सम्सी घण्टाघरतर्फ पैदल आउँदै गर्दा सम्सी चौकीबाट खटिएको प्रहरीले चेकजाँज गर्दा उनीहरुको साथबाट ७४ थान प्रतिबन्धित लागुऔषध बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

अभियुक्तलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.