जापानमा महापुरूष
जापान : नेपाली चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने भएको छ। लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको अभिनय रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा शनिबार प्रदर्शन गर्न लागिएको हो। चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुवास लामिछानेले जानकारी दिए। शनिबार चलचित्रको दुई शो हुनेछ। चलचित्र हेर्न तीन हजार जापानी येन टिकट दर तोकिएको छ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र बिद्रोहका अनेक आयामलाई समावेश गरिएको छ। श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु
बनेको छ।
प्रतिक्रिया दिनुहोस !