जापानमा महापुरूष

जापान : नेपाली चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने भएको छ। लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको अभिनय रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा शनिबार प्रदर्शन गर्न लागिएको हो। चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुवास लामिछानेले जानकारी दिए। शनिबार चलचित्रको दुई शो हुनेछ। चलचित्र हेर्न तीन हजार जापानी येन टिकट दर तोकिएको छ।
बनेको छ।
चलचित्रमा महजोडीसँगै रवीन्द्रसिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकारलगायत कलाकारको अभिनय छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महापुरुषले नेपालमा ५१ दिन मनाएको छ।
प्रतिक्रिया दिनुहोस !
