मधेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

मधेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

जनकपुरधाम : मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समयसीमा दिएका छन्।

पुस २८ गते बिहीबार साँझ ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको हो।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले प्रदेशमा नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।

उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३,नेपाली कांग्रेस २२,जसपा १६,जनमत १३,लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७,नागरिक उन्मुक्ति पार्टी,राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

यहाँ बहुमतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.