सर्लाहीको हरिवन ७ मा पुनः मतगणना गर्न आदेश

सर्लाहीको हरिवन ७ मा पुनः मतगणना गर्न आदेश

जनकपुरधाम : सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई रद्द गरी माघ २० गतेभित्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

शुक्रबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो। 

उच्च अदालतका रजिष्टार अधिकारीले भने, ‘गन्नुपर्ने मत गनिएन, सदर गर्नुपर्ने मत बदर गरियो भन्ने कुरा उठ्यो। मतान्तर पनि एक मतको मात्र देखिएपछि बेन्च कन्भिन्स भएर पुनः मतगणनाको आदेश दिइएको हो’। 

रजिष्ट्रार अधिकारीका अनुसार मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिनेछ।

निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार यहाँबाट वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतले निर्वाचित भएका थिए। 

थापाले मतगणनामा धाँधली गरिएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग गर्दै रिट दायर गरेका थिए। 

निर्वाचन आयोगका अनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.