नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने

नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने

काठमाडौं : नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने भएको छ। अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो।

नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा प्राधिकरणले क्रिप्टोकरेन्सीको साइट बन्द गराउन लागेको हो। प्रविधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जिम्मेवार निकायको आग्रहमा गैरकानुनी साइट बन्द गर्न लागिएको बताए। ‘गैरकानुनी साइट नेपालमा नचल्ने बनाउन सक्छौं, कतिपय बन्द भइसकेका छन्,’ उनले भने, ‘नयाँ नयाँ खुल्ने साइटहरू पनि सूचनाका आधारमा बन्द गराउँदै जान्छौं।’ सीआईबी, राष्ट्रबैंकले भनेका आधारमा साइट बन्द गराउने उनले बताए।

नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको अनुगमन महाशाखा निर्देशक विजयकुमार रोयले एक महिनाअघि नै बन्द गर्न निर्देशन दिइसकेको बताए। ‘बन्द नभएका भए अब एकदुई दिनमै बन्द हुनेछन्’ उनले भने।

प्राधिकरणले क्रिप्टोकरेन्सीका ९१ वटा, नेटवर्किङ बिजनेस ७ वटा र अनलाइन जुवा ५६ वटा पहिचान गरी बन्द गराउन निर्देशन दिएको थियो। ‘साइट बन्द गर्न भनिसकेकाले कतिपय बन्द भइसकेका होलान्, नभएको भए एक हप्ताभित्रै बन्द हुनेछन्’ उनले भने। यस्ता गैरकानुनी साइटहरू सर्भरमा रहे पनि नेपालमा  खोल्न नसक्ने, नचल्नेगरी बन्द गर्न लागिएको निर्देशक रोयले बताए।  प्राधिकरणले एक महिनाअघि क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङका वेभसाइटबारे जानकारी दिन सूचना जारी गरेको थियो। 

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट  र एप बन्द गराउने प्राधिकरणले जनाएको छ। नेपालभित्र  अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ। वेवसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको हो।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुगमन महाशाखा प्रमुख विजयकुमार रोयले सिभिल बैंकका सीईओ सुनील पोखरेलले पछिल्लो समयमा नेपाली सजग भएकाले क्रिप्टोकरेन्सीमा पैसा खासै नफसेको बताउँछन्। ‘पछिल्लो समयमा नेपालीले क्रिप्टोकरेन्सी र नेटवर्किङ बिजनेसमा लगानी गरेजस्तो लाग्दैन’, पोखरेल भन्छन्, ‘विश्वभरिका मान्छेले यसबाट पैसा गुमाएका छन्।’

क्रिप्टोकरेन्सीमा केही समयअघि युवामाझ क्रेज थियो। अहिले त्यहाँ लगानी नगरी चुपचाप बसेको पोखरेल बताउँछन्। तर, धेरैजसो नेपाली तथा विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सी र नेटवर्किङमा लगानी गरेको पाइएको छ। कारोबारका लागि नभई पैसा कमाउनका लागि धेरै नेपालीले क्रिप्टोकरेन्सी र नेटवर्किङ बिजनेसमा लगानी गरेको जानकारहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले पनि पटकपटक सचेत गराउँदै आएको छ।

गैरकानुनी भन्दै कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराउँदै आए पनि आफ्नै सेन्ट्रल बैंक डिजिटल करेन्सीका विषयमा भने अध्ययन गर्दै छ। सिभिल बैंकका सीईओ पोखरेल राष्ट्र बैंकले सेन्ट्रल डिजिटल करेन्सी ल्याउन सके भुक्तानी प्रणालीमा सहज हुने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.