विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने

विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने

विराटनगर : नेवाः भाषा तथा संस्कृतिको जगेर्ना र प्रर्वद्धन गर्ने उद्देश्यका साथ विराटनगरमा तेश्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने भएको छ।

आउँदो माघ पहिलो साता विराटनगर–१० बंगलामुखी मार्गस्थित झी पुचः सेवा भवनमा उक्त महोत्सव आयोजना हुने भएको हो। 

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले माघ ६ र ७ गते महोत्सव आयोजनाको तयारी रहेको जनाएको छ। 

आयोजकका अनुसार दुईदिने महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै विविध प्रकृतिका नेवारी खानाका कुल २० स्टलहरू रहने छन्। स्टल राख्न दुई दिनका लागि मात्र ३ हजार शुल्क निर्धारण गरिएको छ।

महोत्सवमा प्रदेश १ को उत्पादित वस्तुहरूको प्रचार र बिक्रीका लागि पनि स्टलको व्यवस्थापन गरिने आयोजक झी पुचः का कार्यक्रम संयोजक भबिषकुमार श्रेष्ठले बताए। 

महोत्सवमा नेवारी सँगसँगै अन्य जातजातिको पनि भाषा, संस्कृति झल्किने प्रकृतिका कार्यक्रम र खानाका परिकारहरूका लागि पनि स्टलको प्रबन्ध मिलाइएको उनले जानकारी दिए।

‘महोत्सवमा यमरी, छोयला, तखा, नेवाः भ्वे, छुर्पी र अलैंची लगायत प्रदेशभरिका विभिन्न उत्पादनको स्टल रहन्छ,’ उनले भने, ‘यसका साथै हस्तकलाका सामग्रीका लागि पनि स्टल राख्ने तयारी गरेका छौं।’

झी पुचः ले यसअघि २०६८ र २०७२ सालमा नेवाः महोत्सवको आयोजना गरेको थियो। यसपटक हुन लागेको महोत्सव तेश्रो संस्करणको हो। 

कुल ८ लाख खर्च अनुमान गरिएको महोत्सवमा करिब ५ हजार बढीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ। आयोजकका अनुसार महोत्सवको उद्घाटन माघ ६ गते दिनको ३ बजेका लागि तय गरिएको छ।

प्रदेश १ सरकारका मुख्यमन्त्री अथवा अब बन्ने नयाँ पर्यटन मन्त्रीले महोत्सवको उद्घाटन गर्ने तयारी गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.