गौशालामा पार्किङ गरी राखिएको कार चोरी

गौशालामा पार्किङ गरी राखिएको कार चोरी

गौशाला(महोत्तरी) : महोत्तरीको गौशाला बजारमा पार्किङ गरी राखिएको एउटा कार चोरी भएको छ। 

गौशाला नगरपालिका-५ का रुपेश कुमार साहले घर अगाडि पार्किङ गरी राखिएको प्र २–०२–००१ च ०८१७ को कार गएराति चोरी भएको हो।

कार गएराति १ बजेपछि चोरी हुनसक्ने स्थानीयले आकलन गरिएको छ। बजार रहेको प्रहरी विट नजिकैबाट सो कार चोरी भएको पीडित साहले बताए। 

बजारभन्दा २ सय मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालय र घटनास्थलको छेउमै प्रहरी विट रहेको छ। जहाँ चौबिसौं घण्टा प्रहरी खटिएको हुन्छ।

यता घटनाको जानकारी पाएलगतै प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 
चोरी भएको स्थानमा सिसि क्यामेरा नभएको हुँदा चोरलाई पहिचान गर्न असहज भएपनि अन्य ठाउँमा भएका क्यामेराको सहयोगले चोरलाई पहिचान गर्न लागेको प्रहरी स्रोतले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.