कर्णाली प्रदेशको उपसभामुख बनिन् यशोदा न्यौपाने

कर्णाली प्रदेशको उपसभामुख बनिन् यशोदा न्यौपाने

सुर्खेत :कर्णालीको उपसभामुखमा माओवादी केन्द्रका सांसद यशोदा न्यौपाने विजयी भएकी छन् । प्रदेशसभामा बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै न्यौपाने उपसभामुख बनेकी हुन् ।

सत्तारुढ माओवादी केन्द्रले न्यौपानेलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । कालिकोटबाट समानुपातिक सांसदमा निर्वाचित न्यौपानेलाई सत्तारुढ दलका सांसदले मतदान गरेका हुन् । 

प्रदेशसभाको बैठकमा भएको मत विभाजनमा न्यौपानेले २४ मत प्राप्त गरिन् । प्रदेशससभामा रहेका ४० सांसदमध्ये २४ जना सांसदले उनलाई मत दिएका हुन् । उनलाई एमालेका ९,माओवादीका १३,एकीकृत समाजवादीका र राप्रपाका एक–एक जना सांसदले मत दिएका हुन् ।यस्तै, कांग्रेसको तर्फबाट उपसभामुखको उम्मेदवार बनेकी इन्द्राकुमारी शाहीले भने १४ मत मात्र प्राप्त गरिन् ।  मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी भएको सभामुख नन्दा गुरुङ्गले जानकारी दिइन् । 

प्रदेशसभामा जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले कसैको पक्षमा पनि मतदान नगरी तटस्थ बसे । यस्तै सभामुख नन्दा गुरुङ्ग पनि तटस्थ बसेका कारण मतदानमा ३८ जना सांसद मात्र सहभागि भए । उपसभामुख चयनका लागि बुधबार नै मनोनयन दर्ता भएको थियो । 

न्यौपाने निर्वाचित भएसँगै कर्णाली प्रदेशसभाको सभामुख र उपसभामुख दुबै पद महिलाले पाएका छन् । यसअघि एमालेकी नन्दा गुरुङ्ग सभामुख बनिसकेकी छन् । उपसभामुखमा विजयी न्यौपानेको प्रस्तावकमा माओवादीका सांसद कृष्णबहादुर जिसी र समर्थकमा एमालेका सांसद विनोदकुमार शाह रहेका थिए । 

यस्तै कांग्रेसबाट उपसभामुखको उम्मेदवार बनेकी शाहीको प्रस्तावकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र सांसद जानकी सिंह समर्थक रहेका थिए । शाही दैलेखबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । 

प्रदेशसभामा माओवादीका १३,एमालेका सभामुखसहित १०,राप्रपा र एकीकृत समाजवादीका एक–एक जना सांसद छन् । यस्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

कर्णालीमा एमाले र माओवादीबीच सत्ता सञ्‍चालनका लागि भागबण्डा भएको छ । भागबण्डा अनुसार नै यसअघि सभामुखमा एमालेका नन्दा गुरुङ्ग चयन भइसकेकी छन् । भागबण्डा अनुसार नै प्रदेशसभाको उपसभामुख माओवादीले पाएको हो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.