बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुई घण्टा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, दुई घण्टा राजमार्ग अवरुद्ध

राजविराज: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बसको ठक्करले साइकल यात्री वृद्धको मृत्यु भएको छ।

 
हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा विराटनगरबाट पश्चिम जाँदै गरेको ना. ५ ख ६७२ नम्बरको यात्रुबाहक बसको ठक्करले सोही ठाउँका ६५ वर्षीय डम्बर भनिने सत्यनारायण विश्वासको मृत्यु भएको छोरा राजेन्द्र विश्वासले बताए।

बसले विपरित दिशाबाट जाँदै गरेको साईकल यात्री विश्वासलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटना भएपछि स्थानीयवासीले घटनास्थलस्थित राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधले दुई घण्टा राजमार्ग ठप्प भएको थियो। 

रात परेपछि बाटो सुचारु भएको छ । शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.