लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउँछौं : डिआईजी ज्ञवाली

लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउँछौं : डिआईजी ज्ञवाली

विराटनगर : प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले चूनौतीका रूपमा रहेको लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। 

कार्ययोजना बनाएर प्रदेश १ मा लागूऔषधको गतिविधि नियन्त्रण गर्ने तयारी रहेको उनले बताएका हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सरुवा भई आएका डिआईजी ज्ञवालीले बुधबारदेखि प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन्। 

कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण प्रदेश प्रहरीको प्रमुख प्राथमिकतामा रहने बताएका हुन्। उनले प्रदेश प्रहरीका प्रहरी उपरीक्षक भीम दाहाललाई लागूऔषध नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना निमार्णको जिम्मा दिइएको जानकारी दिए।

‘लागूऔषधका साथै चोरी निकासी नियन्त्रण पनि प्रदेश प्रहरीको प्राथमिकताको सूचीमा छ,’ उनले भने, ‘तस्करी नियन्त्रणमा हामी खरो रूपमा प्रस्तुत हुन्छौं। हामी शून्य सहनशीलताको नीतिबमोजिम अघि बढ्छौं।’

सुरक्षा र अपराध नियन्त्रणका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने गृहकार्य भइरहेको बिषयप्रति डिआईजी गिरीले पत्रकारहरूको ध्यानकर्षण गरे। उनले सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाईका साथ कार्यान्वयन गरिने बिषयमा जोड दिए। आफ्नो कार्यकालमा फरार अभियुक्तहरू पक्राउ गर्नुका साथै टुंगो नलागेका पुराना मुद्दाहरूलाई पनि रि-ओपन गर्ने तयारी रहेको उनले बताए। 

उनले प्रहरी संगठनप्रति बेलाबखत लाग्ने गरेका आक्षेपहरूलाई न्यूनीकरण गर्न संगठनभित्रै शुद्धीकरण अभियान चलाउने जिकिर गरे। उनले भने, ‘आम नागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन निमार्ण गर्ने हाम्रो चाहना हो। त्यसका लागि शुद्धीकरण आवश्यक छ।’

डिआईजी ज्ञवाली विशेष गरी अपराध अनुसन्धान, प्रहरी अपरेशन र कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषयमा राम्रो अनुभव भएका प्रहरी कर्मचारी हुन्।

विभिन्न जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका ज्ञवाली बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखका रूपमा हाजिर भएका हुन्। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.