संसद्लाई प्रभावकारी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे
काठमाडौंः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संसद्लाई प्रभावकारी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुखको पदभार ग्रहण गर्दै घिमिरेले संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने बताएका हुन्। घिमिरेले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद् सर्वोच्च विधायिकी संस्था हो। यो संस्थाको प्रयोग नयाँ संविधान आएपछि एक पटक हेरिसक्यौं। अब त्यसलाई अझ व्यवस्थित, क्रियाशिल र मर्यादित बनाउने जिम्मेवारी पाएको छु।’
बिहीबार प्रतिनिधि सभाको सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए।
प्रतिक्रिया दिनुहोस !