बर्फानी बाबा र सन्तानेश्वर अब धार्मिक पर्यटकीय हब

बर्फानी बाबा र सन्तानेश्वर अब धार्मिक पर्यटकीय हब

सन्तानेश्वर : बाँकेमा चुरेको टकुरामा रहेका बर्फानी बाबा आश्रम र सन्तानेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटकीय हबको रूपमा विकास गर्न लागिएको छ। भारतीय धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेका यी ठाउँमा आवश्यक भौतिक पूर्वाधार विकासको सम्भावनाबारे लुम्बिनी प्रदेश सरकारले चासो दिएको छ।

प्रदेशका मन्त्री कृष्णा केसी नमुनाले शनिबार बर्फानी बाबा आश्रम र आइतबार सन्तानेश्वर महादेव मन्दिर क्षेत्रको स्थलगत अवलोकन गरेर सो क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारको प्रतिबद्धता जनाइन्। यही माघको दोस्रो साता नेपालगन्जमा आयोजना हुन लागेको वेस्टर्न ट्राभल मार्टमा भारतीय पर्यटन व्यवसायीलाई बर्फानी बाबा र सन्तानेश्वर मन्दिरमा हेलिकोप्टरबाट यात्रा दर्शन गराउन मन्त्री नमुनाले हेलिप्याड बनाउन स्थानीय सरकारसँग सहकार्य गरेकी छन्। आइतबारबाट बर्फानी बाबामा हेलिप्याड निर्माण सुरु भइसकेको छ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ मा रहेको बर्फानी बाबा आश्रममा मन्त्री पुग्दा बर्फानी बाबाले आश्रममा खानेपानी, धर्मशाला शौचालय र बिजुली बत्तीको अभाव रहेको जानकारी दिएका थिए। बर्फानी बाबाको आश्रमभन्दा माथि टाकुरोमा शिवको मन्दिर छ। शिवरात्रिमा नेपाली र भारतीयको घुइँचो लाग्छ। ‘रातभर सुत्ने ठाउँ नै हुँदैन। सबैलाई पानी पनि खुवाउन धौ धौ हुन्छ’, बाबाले भनेका थिए, ‘सरकारले यति काम मात्र गरेपछि यो क्षेत्र पर्यटकका लागि स्वर्ग बन्नेछ।’  

काभ्रेको पाँचखालबाट बालखैमा घर छाडेर ब्रह्मचारी भएका झन्डै ७२ वर्षका उमेर भए पनि तपका कारण धपक्कै बलेजस्तै हँसिलो मुहार भएका श्री १००८ केशव गिरीजी महाराज (बर्फानी बाबा) २७ वर्षदेखि चुरेको टाकुरोमा आश्रम बनाएर बसेका छन्। बाँके जिल्ला सदरमुकाम नेपालगन्जबाट पूर्वमा झन्डै ४० किलोमिटर दूरीमा राष्ट्रिय जंगलको बीचमा आश्रम छ। त्यहाँ पुग्न कहीँ अग्लो र कर्ही भिरालो कच्ची बाटो छ। खोला खोल्सा तर्दै जानुपर्छ। बाँके समुद्री सतहदेखि कम्तीमा १ सय २७ देखि बढीमा ६ सय १० मिटर उचाइमा छ। यद्यपि चुरे क्षेत्र भने ६ सय १० मिटरदेखि १ हजार २ सय ३६ मिटर उचाइमा पनि छ। बाबाको आश्रम समुद्र सतहदेखि ४  सय १० मिटर उचाइमा छ। यो क्षेत्र नरैनापुर र राप्तीसोनारी गाउँपालिकाकोे सबैभन्दा अग्लो ठाउँ हो।

आश्रमको स्थलगत अवलोकन गरेर फर्केकी मन्त्री नमुनाले राप्तीसोनारी र नरैनापुर क्षेत्रबाट बर्फानी बाबा आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजनाको खाँचो रहेको बताइन्। उनले भनिन्, ‘म पहिलो कार्यकालको सांसद हँुदा प्रदेश सरकारबाट सडक मर्मतका लागि आठ लाख र धर्मशाला निर्माण गर्न ३० लाख विनियोजन भइसकेको छ। अब खानेपानी, शौचालय, सोलार बत्ती लगाएका पूर्वाधार विकासका लागि पनि पहल गर्छु।’

आइतबार भने मन्त्री नमुनाले नरैनापुर गाउँपालिकाको वडा नं. ५ मा रहेको सन्तानेश्वर महादेवको मन्दिर क्षेत्रको पनि स्थलगत अवलोकन गरेकी थिइन्। नेपालगन्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा मन्दिर छ। मन्त्री नमुनालाई सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीले जानकारी गराएका थिए। महन्त गिरीले पनि आश्रममा मुख्य समस्याको रूपमा खानेपानी रहेको बताएका थिए। उनले मन्दिरको प्रशस्तै जग्गा भएकाले १६ कोठे धर्मशाला बनाउन सकेमा भत्तजन बस्नका लागि राहत मिल्ने बताए।

उनले भने, ‘शिवरात्रिमा पाँच दस हजार भक्त आउँछन्। ठूलो भण्डारा हुन्छ। रात्रि सबै जंगल भीरपाखामा सुत्छन्। को कहाँ सुतेका छन् हेर्न पनि फुर्सद हुँदैन’, उनले मन्त्री नमुनासँग भने, ‘जग्गा यही छ। आठआठ कोठे दुई तले धर्मशाला बनाउन सकेमा धेरैभन्दा धेरै भक्तजनलाई सजिलो हुन्थ्यो।’

नरैनापुर र राप्तीसोनारीका जनप्रतिनिधि लिएर स्थलगत अवलोकनमा गएकी मन्त्री नमुनाले तत्कालका लागि आवश्यक पर्ने कुरा स्थानीय सरकारले र दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताएकी थिइन्। ‘यहाँ धेरै पर्यटकीय सम्भावना छ। प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्र्न काम गर्नेछ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.