सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी : महोत्तरीका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको  दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान बर्दिवास नगरपालिका-३ पाटुमा भएको ट्रयाक्टर दुर्घटनामा एक महिलाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिन्धुलीको लङ्गुरखोलाबाट बर्दिवासतर्फ आउँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला उपचारका लागि बर्दिवास ल्याउदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। 

दुर्घटनामा धनुषा औरही गाउँपालिका-५ का ४५ वर्षीया पल्टी देवी मण्डल, ५६ वर्षीया रिता देवी मण्डलको अवस्था गम्भीर छ। 

उनीहरूको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ भने सोनारी देवी मण्डल, कुमारी मण्डल सुमित्रा देवी मण्डललाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। 

तीर्थयात्री बोकेको सो ट्रयाक्टरका चालक फरार रहेको र निजको खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक रवि रावलले जनाएको छ। रही नगरपालिका-२ स्थित औरहीमा मोटरसाइकलको ठक्करबाट स्थानीय ६० वर्षीय गोगाई ठाकुर लोहारको मृत्यु भएको हो। 

सर्लाही बरहथवा नगरपालिका-३ का रोशन लाल महतोले चलाएको  ना ३७ प ७२३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.