नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र
महोत्तरी : गौशाला नगरपालिकाले राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्र सञ्चालनमा ल्याएको छ।
नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले आइतबार राष्ट्रिय परिचयको विवरण दर्ता गर्दै सेवा सञ्चालन भएको घोषणा गरे।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि एक जना दर्ता अपरेटर र एक जना सहयोगीको व्यवस्थापन गरिएको छ।
त्यस्तै सूचना प्रविधी अधिकृत रञ्जितकुमार बर्मा र सहायक चौथो इश्वर निरौलालाई रुजु अधिकारीको रूपमा जिम्मेवारी तोकिएको छ।
यसअघि इलाका प्रशासन कार्यालय गौशालामा मात्र यो सेवा उपलब्ध भइरहेको थियो। त्यहाँ अत्यधिक मात्रामा सेवाग्राहीहरूको भीडका कारण कार्यसम्पादन गर्नका लागि कठिनाई भएपछि नगरपालिकाको परिसरबाट सुरु गरिएको मेयर डा महतोले बताए।
प्रतिक्रिया दिनुहोस !