क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कको साइकल र्याली (फोटो फिचर)
काठमाडौं: आज विश्व क्यान्सरको दिवस। विश्वभर क्यान्सरविरुद्ध सचेतना फैलाउन विभिन्न कार्यक्रम आयोजना भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कले पनि क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्याली आयोजना गरेको छ।

अन्नपूर्ण नेटवर्कले वार्षीक कार्यक्रम अन्तर्गत क्यान्सरविरुद्ध सचेतना जगाउन साइकल र्यालीको आयोजना गरेको हो। 'अन्नपूर्ण पोस्ट राइड फर लाइफ-२०२३' नारा दिइएको र्यालीलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले उद्घाटन गरेकी छन्।

र्याली अन्नपूर्ण पोस्टको कर्पोरेट टावर तीनकुनेबाट सुरु भएर गौशाला, चावहिल, नारायणगोपाल चोक, बसुन्धारा, गोंगबु, बालाजु चोक, सोह्रखुट्टे, अमृत साइन्स कलेज, थमेल चोक (गा हल), कान्तिपथ, जमल, भद्रकाली, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बिजुली बजार पुल, यूएन पार्क, महादेवस्थान मन्दिर अगाडिको पुल, तीनकुने पुल हुँदै अन्नपूर्ण पोस्टको कर्पोरेट टावरमा आएर समापन हुनेछ।








प्रतिक्रिया दिनुहोस !