मदिरा नियमन गर्दै अर्जुनचौपारी गाउँपालिका
स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाले मदिरा सेवन, उत्पादन र बिक्रीबितरणका कार्यलाई नियमन गर्न थालेको छ। गाउँपालिकाको १२ औं सभाले मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐन २०७९ पारित गरेर अभियानको सुरुवात गरेको हो।
गाउँपालिकाको सभाले एउटा ऐन पारित गर्नुका साथै २ वटा ऐनका केही बुँदामा संशोधन गरेको जनाएको छ। गाउँसभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (४) खण्ड (ख) (१३) र दफा १०२ बमोजिम ऐन बनाएको हो। मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐनमा २१ दफा छन्।
यस्तै सभाले पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन र सहकारी ऐनलाई संशोधन गरेको छ। मदिरा नियन्त्रण तथा ब्यवस्थापन ऐन सभाले पास गरेर लागू गरिएको छ।
अब अर्जुनचौपारी गाउँपालिकामा २० बर्ष उमेर पुगेकाले मात्र मदिरा सेवन गर्न पाउने छन्। पालिकाको अनुमति लिएरमात्र बिक्री बितरण गर्न पाउने नियम बनाएको छ।
प्रतिक्रिया दिनुहोस !