पहिरोमा परी ३६ को मृत्यु

पहिरोमा परी ३६ को मृत्यु
सुन्नुहोस्

लिमा : पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ। पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो।

दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन्। उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ।

सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ। नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशङ्कामा खोजी जारी राखिएको छ।

यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ। सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ।सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। 

प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.