प्रहरी चौकी हत्याकाण्ड : जिल्ला तानिए प्रहरी सहायक निरीक्षक

प्रहरी चौकी हत्याकाण्ड : जिल्ला तानिए प्रहरी सहायक निरीक्षक
सुन्नुहोस्

जनकपुरधाम : प्रहरी चौकीमा कुटिकुटी एक वृद्धको हत्या प्रकरणमा सहायक प्रहरी निरीक्षक जिल्ला तानिएका छन्। 

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-५ पर्साको प्रहरी चौकी परिसरमै एक वृद्धलाई अर्को लागूपदार्थ दुर्व्यसन गरेका व्यक्तिले कुटीकुटी हत्या गरेको घटना लगत्तै प्रहरी सहायक निरीक्षक रामबाबु यादव जिल्ला तानिएका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष  पोखरेलका अनुसार स्थानीय ७० वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही गाउँ बस्ने ५० वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका घटनामा रामबाबु तानिएका हुन्। 

हिजो बेलुका साढे ४ बजे गाउँभन्दा ५०० मिटर दक्षिण पर्सा चौकमा धान, चामल लगायतका अन्नपात खरिद बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागूपदार्थ सेवन गरेका सुरेन्द्रको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरी चौकी पर्साको प्रमुख रामबाबु यादबकै अगाडि वृद्धलाई कुट्दा उनी मुख्दर्शक बनेका थिए। 

प्रहरी सहायक निरीक्षक यादवले कुटपिटबाट बचाउनुको साटो कुट्न उक्साएको स्थानीयको आरोप छ। 

घटनालाई लिएर प्रहरी चौकीमा स्थानीयहरूले घेराउका साथै नाराबाजी गरेपछि तत्काल सुरक्षा बढाई कार्यरत प्रहरी सहायक निरीक्षकलाई जिल्ला तानेर उनको स्थानमा रामचन्द्र यादवलाई कार्यभार दिएर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.