बचत रकम फिर्ता गर्न सहकारीको आनाकानी

बचत रकम फिर्ता गर्न सहकारीको आनाकानी
सुन्नुहोस्

वीरेन्द्रनगर : वीरेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा स्थानीय सावित्री परियारको एक लाख १३ हजार बचत छ। उनले एक लाख मुद्दती खातामा र दुईवटा बच्चाको नाममा मासिक ६ सय ५० का दरले १३ हजार रुपैयाँ बचत गरेकी छन्। सहकारीले ठगी गरिरहेको थाहा पाएपछि उनी बचत रकम फिर्ता माग्न तीनपटक सहकारीमा पुगिन्। तर, विभिन्न बहाना देखाएर सहकारीले उनको बचत रकम फिर्ता गरेको छैन। 

दैलेख घर भइ हाल वीरेन्द्रनगर बस्दै आएका निराजन शाहीको पनि उक्त सहकारीमा एक लाख ४१ हजार बचत छ। उनी पनि हप्तादिनदेखि सहकारीमा आफ्नो बचत फिर्ताको लागि धाइरहेका छन्। तर, उनी रित्तो हात घर फर्किने गरेका छन्। ‘जतिबेला आवश्यक पर्छ त्यतिबेला फिर्ता लिनुहोला भनेर बचत गर्न लगाएर अहिले बचत रकम फिर्ता गर्न आनाकानी गरिरहेको छ,’ उनले भने। 

रुकुम घर भइ हाल वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका कृष्ण गौतमले पनि सहकारीमा ५२ हजार बचत गरेका छन्। बचत रकम फिर्ता माग्न धाइरहेका गौतमले सहकारीमा गरेको बचत रकम फिर्ता पाएका छैनन्। उनीहरूजस्तै यो सहकारीमा बचत गरेका बचतकर्ताहरू रकम फिर्ता माग्दै सहकारी धाइरहेका छन्। तर, सहकारीले विभिन्न बहाना देखाउँदै बचत रकम फिर्ता गर्न आनाकानी गरिरहेको छ। 

सहकारीका लेखा शाखा प्रमुख छवी डाँगीले बचतकर्ताहरू बचत फिर्ता लिन आइरहेको  बताइन्। उनले शिव शिखर र तुल्सी सहकारीबीच मर्जको काम भइरहेको तथा आर्थिक मन्दी र मर्जका कारण बचत फिर्ता रोकिएको उनले बताइन्। 

‘उहाँहरूसँग बचत गरेको पासबुक छ, समस्या हुँदैन, सबै बचतकर्ताहरू एकैपटक बचत फिर्ता लिन आएकाले सबैको रकम फिर्ता गर्न समस्या भएको हो, पालैपालो सबैको बचत फिर्ता 

हुन्छ,’ उनले भनिन्। भक्तपुरमा दर्ता भएको यो सहकारीले मुलुकभरी शाखा खोलेर बचत संकलन गरिरहेको छ।  सुर्खेतको वीरेन्द्रनगर र महेलकुनामा सहकारीले शाखासहित मार्ट सञ्चालन गरेको छ। वीरेन्द्रनगरको शाखामा मात्र ६ हजार सदस्यहरूले बचत गरिरहेका छन्। 

सूचना निकालेर सहकारी बन्द

सहकारी संस्थाले सूचना निकालेर सहकारी बन्द गर्दा बचतकर्ताहरू थप त्रसित बनेका छन्। सहकारीको सूचना पाटीमा हाल आर्थिक मन्दीका कारण सबै बचतकर्ताहरूको बचत एकैपटक झिक्न आउँदा पूँजी व्यवस्थापन हुन 

नसकेको, बजारको लगानी असुली हुन नसकेका कारण सुर्खेत शाखा केही दिनका लागि बन्द गरिएको उल्लेख छ। 

सूचनामा भनिएको छ ‘शिव शिखर सहकारी र तुल्सी सहकारीबीच मर्ज हुन लागेको, पूँजी व्यवस्थापन नभएसम्म सहकारी बन्द रहनेछ।’ सहकारीले आफ्नो सहकारी वैधानिक रुपमा सञ्चालन भएको र ठगी नगर्ने दाबी गरेको छ। 

प्रशासन गुहार्न पुगे बचतकर्ता

सहकारीले बचत रकम नदिएको भन्दै बचतकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सहकारीका सञ्चालकसँग बचतकर्ताको मागबारे जानकारी लिएका छन्। सहकारीका सञ्चालकहरूले एक हप्ताभित्र सुर्खेत आएर समस्याको समाधान गर्ने बताएका छन्। ‘एक साताभित्र सुर्खेत आएर समस्याको समाधान गर्छौं भनेर सहकारीका सञ्चालकहरूले भनेका छन्, बचत रकम फिर्ता नपाएको गुनासो लिएर आउने सेवाग्राहीहरूलाई पनि एक सातासम्म कुर्न भनेका छौं,’ उनले भने। सहकारी सञ्चालकहरूले सुरक्षा मागेपछि सहकारीद्वारा सञ्चालित गार्डेन मार्टमा सुरक्षा दिइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.