ट्रमा सेन्टरमा कार्यरत डाक्टरलाई कुट्ने प्रहरी निलम्बित

ट्रमा सेन्टरमा कार्यरत डाक्टरलाई कुट्ने प्रहरी निलम्बित
ट्रमा सेन्टर। फाइल तस्बिर
सुन्नुहोस्

डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।

काठमाडौंः ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको अन्नपूर्णलाई बताए। उनले भने, ‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान हुन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनिथ सिंहमाथि हातपात गरेका थिए।

गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.