सुन-चाँदीको मूल्य फेरि बढ्यो,कतिमा हुँदैछ कारोबार ?
नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ।
काठमाडौं :सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा १३ रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५०० मा कारोबार भइरहेको छ। सुन बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोलाको १२९५ रूपैयाँ पुगेको छ।
शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !