प्रणय दिवसमा रानीमहल पुगे प्रेम जोडी

प्रणय दिवसमा रानीमहल पुगे प्रेम जोडी
सुन्नुहोस्

धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकी किनारको रानीमहल प्रेमको प्रतिकका रुपमा लिइन्छ।

तानसेन: पाल्पाको रानीमहलमा आज दिनभर प्रेम जोडीको चहलपहल देखियो। आजकै दिनलाई लक्षित गर्दै तानसेन नगरपालिकाले रानीमहल क्षेत्रमा विशेष सफाइ गरेर चिटिक्क पारेको थियो। 

धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकी किनारको रानीमहल प्रेमको प्रतिकका रुपमा लिइन्छ। तानसेन नगरपालिकाले पनि २५ जोडीलाई विशेष सम्मान गरेको छ। नगरपालिकाले 'भ्यालेनटाइन डे' को अवसरमा रानीमहल घुम्ने २५ जोडीलाई गुलाफको फूल, रिङ सेरोमनीसहितको कार्यक्रम गरी सम्मान समेत गरेको छ। युवा पुस्ताको घुम्ने चाहनालाई बढाउन कार्यक्रम गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। 

यो वर्ष भारतीय युवायुवती पनि रानीमहल पुगेका थिए। उत्तर बाहिनी कालीगंगाको किनारमा बनेको प्रेमको प्रतिकमा घुम्न पाउँदा खुसी लागको भारत सुनौलीका दिपचन गुप्ताले बताए।
 
सदरमुकाम तानसेनबाट आधा घण्टामा रानीमहलमा पुग्न सकिन्छ। पक्की सडक भएकाले यात्रा गर्न पनि सजिलो भएको छ। वर्षेनी रानीमहल घुम्न आउनेको संख्या बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.