औजार चल्न थाले पनि 'कृषि औजार कारखाना'लाई सरकारले दिएन बजेट

औजार चल्न थाले पनि 'कृषि औजार कारखाना'लाई सरकारले दिएन बजेट
सुन्नुहोस्

सरकारले सञ्चालनको अनुमति र जिम्मा दिएको ५ महिनामै राष्ट्रिय आविष्कार केन्द्रले कारखानाको मर्मत सम्भार गरी कृषि औजारको परीक्षण उत्पादन गर्न थालेको हो।

वीरगन्ज: दुई दशकदेखि बन्द भएर जीर्ण भएका वीरगन्जको कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गरी कृषि औजारको परीक्षण उत्पादन सुरु भएको छ।

सरकारले सञ्चालनको अनुमति र जिम्मा दिएको ५ महिनामै केन्द्रले कारखानाको मर्मत सम्भार गरी कृषि औजारको परीक्षण उत्पादन गर्न थालेको हो। तर सरकारसँग भएको सम्झौता अनुसार, अर्थ मन्त्रालयले अहिलेसम्म एक रुपैया पनि बजेट केन्द्रलाई उपलब्ध नगराउँदा समस्या भएको केन्द्रका अध्यक्ष महावीर पुनले बताए।

जीर्ण अवस्थाको कृषि औजार कारखाना, मर्मतसम्भार गरी एक वर्षमा सञ्चालन सञ्चालनको जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको थियो। गत ३१ भदौंको मन्त्रिपरिषदको निर्णय अनुसार ११ असोजमा अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविस्कार केन्द्रबीच सम्झौतामा कारखाना मर्मत सम्भार गरी केन्द्रले एक वर्ष भित्र सञ्चालनमा ल्याउने र १० वर्षसम्म सन्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लख छ। कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने  खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ।

केन्द्रले जीर्ण कारखाना मर्मत सम्भार गरी सन्चालनको तयारी थालेको ५ महिना बित्न लाग्दासमेत अर्थ मन्त्रालयले भने केन्द्रलाई बजेट उपलब्ध गराएको छैन ।


  
बन्द कारखाना पुनर्संचालनका लागि विस्तृत सर्वे गर्दा नै केन्द्रले कारखाना मर्मत गरेर सन्चालनमा ल्याउन तत्काललाई करिब २५ करोड रुपैया आवश्यक रहेको व्यवहोरा सरकारलाई बुझाइ सकेको थियो। तर अर्थमन्त्रालयबाट अहिलेसम्म एक रुपैयाँ पनि बजेट निकासा नभएको पुनले बताए।

सरकारबाट बजेट नआउदा काममा केही अप्ठ्यारो भएपनि काम नरोक्ने उनले बताए। ‘सरकारले दिँदै दिएन भने पनि हामी हात बाँधेर बस्दैनौ, केन्द्र आफैंले अन्तबाट पैसा खोजेर पनि कामलाई निरन्तरता दिन्छ, कुनै पनि हालतमा हामी यो काराखाना पूर्ण रुपमा चलाएरै छाड्छौँ, यो आँट हामीसँग छ,' उनले भने।

पुनका अनुसार, नेपाल विद्युत प्राधिकरणलाई कारखानाले ७२ लाख रुपैया विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले विद्युत आपुर्ति बन्द भएको थियो। केन्द्रले काम थालेपछि विशेष अनुरोधमा प्राधिकरणले ६५ केभिएको अस्थायी विद्युत लाइन जडान गरिदिएको छ। यो पनि अस्थायी मात्र भएकाले प्राधिकरणले विद्युत आपुर्ति रोके समस्या हुने पुनले बताए।

कारखानामा अहिले कृषि कर्ममा प्रयोग गरिने बेल्चा, हँसिया, कुटो, गैंती, बन्चरोसहित ५/६ प्रकारका औजारको परीक्षण उत्पादन भइरहेको छ। अब ट्याक्टरमा जडान गरिने फलामे फालीको पनि परीक्षण उत्पादन गर्ने तयारी भइरहेको पुनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.