वीरगन्जका प्याथलोजी ल्याबमा अनुगमन
![वीरगन्जका प्याथलोजी ल्याबमा अनुगमन](https://annapurnapost.prixacdn.net/media/albums/Lab_2_icdtr4CxPX.jpg)
वीरगन्ज: महानगरभित्र सञ्चालित प्याथोलोजी ल्याबमा वीरगन्ज महानगरपालिकाले अनुगमन थालेको छ।
अनुगमनको पहिलो दिन वीरगन्ज ८ पानीटंकी क्षेत्रका प्याथोलोजी ल्याबको अनुगमन गरेकोमा अधिकांश स्वीकृति नलिइ चलेको भेटिएको महानगरले जनाएको छ।
महानगरपालिकाले गठन गरेको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिले गरेको अनुगमनका वीरगन्ज-८ पानी ट्यांकीक्षेत्रका प्याथोलोजी सेन्टर स्वीकृति नलिइ संचालनमा रहेको पाइएको हो।
अनुगमनका क्रममा पानीटंकीको सिटी डाइग्नोष्टिक सेन्टर स्वीकृति बिना संचालन हुनुका साथै म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गर्ने गरेको भेटिएको अनुगमन समितिका संयोजक समेत रहेका वडा नम्वर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जानकारी दिए।
नेहा फार्मेसी, जय बजरंग प्याथोलोजी, ओम प्याथोलोजी सेन्टर पनि मापदण्ड विपरीत संचालनमा रहेको भेटिएको महानगरका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए पानीटंकीमै रहेको जीवन दीप एक्स रे पनि दर्ता नै नगरी संचालनमा रहेको फोला परेको उनले बताए।
अनुमति नलिई संचालन गरिएका प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न समितिले निर्देशन दिएको जयसवालले बताए।
अनुगमनका क्रममा बुधबार पहिलो पटक चेतावनी दिएर फर्किएको र बिहीबार फेरि अनुगमनमा जाँदा प्रकृया नपुर्याइ खुलेको भेटिए सील गरेर कारबाही प्रकृया अघि बढाउने समितिका संयोजक तिवारीले बताए ।
महानगरपालिकाले नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि अनुगमनलाई अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)