गोंगबु घटनामा संलग्न अधिकांश चालक र सहचालक,१२ जना पक्राउ

गोंगबु घटनामा संलग्न अधिकांश चालक र सहचालक,१२ जना पक्राउ
सुन्नुहोस्

काठमाडौंको गोंगबुस्थित लोत्से मलमा आगजनी,तोडफोड र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंः काठमाडौंको गोंगबुस्थित लोत्से मलमा आगजनी,तोडफोड र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न १२ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

फागुन १ गते माछापोखरी चोकमा यातायात व्यवसायहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा भएको घटनामा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल घर भइ हाल काठमाडौं बस्दै आएका सुरज मगर,उदयपुर घर भइ तार्केश्वर बस्दै आएका रितेश बस्नेत,मोरङ घर भइ तार्केश्वर बस्दै आएका यमन राइ रहेका छन् । उनीहरू लोत्से मलमा भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस्तै,आगजनी र तोडफोडमा संलग्न नुवाकोट घर भई बालाजु बस्दै आएका रोमन नगरकोटी,ककनी घर भई बालाजु बस्दै आएका सुदीप तामाङ,माछापोखरी बस्दै आएका माधव शाही,लोलाङ बस्दै आएका केशर राई,जरङ्खु बस्दै आएका ईन्द्र तामाङ पक्राउ परेका छन् ।

यस्तै,तार्कोश्वर बस्दै आएका ईलाराज गुरुङ, ढुगेंधारा बस्दै आएका राजन राउत, सामाखुसी बस्दै आएका हरीशरण तामाङ, तार्केश्वर बस्दै आएका विकास गुरुङ, डल्लु बस्दै आएका संविधान परीयार र सामाखुसी बस्दै आएका कवीन खड्की पक्राउ परेका छन् ।

पक्राउ परेका मध्य अधिकांश व्यक्तिहरु चालक,सहचालक तथा यसअघि विभिनन्न आपराधिक घटनामा संलग्न रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा.मनोजकुमार केसीले जानकारी दिए ।

विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान,प्रहरी विट,ट्राफिक आइल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी भित्र प्रवेश गरी मोबाइल पसलमा लुटपाट गरेका थिए ।

घटनामा संलग्न व्यक्तिहरूलाई फागुन ३ गते काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरी अपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त,बालाजु र महाराजगंज पठाइएको प्रहरीले जनाएको  छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.