डुंगेश्वरले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
दैलेख : दैलेखमा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुंगेश्वर गाउँपालिकाले जितेको छ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रतियोगिता सञ्चालन गरिएको थियो।
जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष गोपालबहादुर बुढाका अनुसार डुंगेश्वर गाउँपालिकाले सात स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित शिल्डको उपाधि जितेको हो।
प्रतियोगितामा नारायण नगरपालिका छ स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित दोस्रो भएको छ। यस्तै पाँच स्वर्ण, आठ रजत र सात कास्यसहित नौमूले तेस्रो र पाँच स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो स्थान हासिल गरेको छ।
भगवतीमाई गाउँपालिकाले चार स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ। यस्तै ठाटीकाँध गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र तीन कास्य तथा भैरवी गाउँपालिकाले एक स्वर्ण तथा दुई/दुई रजत र कास्य पदक जितेको छ।
स्वर्ण पदक जित्न नसकेको आठबीस नगरपालिकाले चार रजत र छवटा कास्य पदक जितेको छ। प्रतियोगितामा गुराँस गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन।
प्रतियोगितामा दैलेखका ११ मध्ये नौ वटा स्थानीय तह सहभागी थिए।