राष्ट्रपति निर्वाचन महासंग्राम

कांग्रेसलाई ‘पर्खाउँदै’ माओवादी केन्द्र

कांग्रेसलाई ‘पर्खाउँदै’ माओवादी केन्द्र
सुन्नुहोस्

रामचन्द्र पौडेलले भने, ‘हामी सफल भएकै थियौं। त्यतातिर पनि सोचौं भन्यौं। हाम्रो कुरामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। अब सोमबार माओवादीको पदाधिकारीको बैठक छ। त्यहाँ कांग्रेससँग भएका कुरा पनि राख्छु भन्नुभएको छ।’ 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिका विषयमा छलफल गर्न खोजेपछि आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटर पुगे। छलफलले सकारात्मक मोड लिएको नेताहरूले बताएका छन्। 

‘विगतमा संविधानको रक्षार्थ उभिएका शक्तिहरू मिलेर अघि बढ्दा राम्रै हुन्छ भन्ने प्रस्ताव हामीले राख्यौं। पुरानै गठबन्धन गरौं। स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा जनताले दिएको जनमतलाई हेरौं’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामी सफल भएकै थियौं। त्यतातिर पनि सोचौं भन्यौं। हाम्रो कुरामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। अब सोमबार माओवादीको पदाधिकारीको बैठक छ। त्यहाँ कांग्रेससँग भएका कुरा पनि राख्छु भन्नुभएको छ।’ 

प्रधानमन्त्रीले राष्ट्रिय सहमति भनिरहेकामा सहमति जुटेन भने के गर्ने भन्ने विकल्प पनि सोच्न आग्रह गरेको पौडेलले सुनाए। ‘सभापति शेरबहादुरजीले पनि पुस १० मा भएको असमझदारीलाई बिर्सौं। के भएको छ र अब मिलेर अघि बढौं भन्नुभयो’, उनले भने, ‘सबै साथीहरूले सहकार्य गरेरै अघि बढौं। 

तिक्तता नराखौं। देशलाई स्थिरतातर्फ लैजाऔं भन्ने कुरा नै हाम्रो थियो। हाम्रो कुरामा प्रधानमन्त्रीजी सकारात्मक नै हुनुभएको छ। अब १-२ दिनमा टुंगो लाग्छ।’

प्रधानमन्त्री दाहालले सकेसम्म राष्ट्रिय सहमति जुटाउने प्रयासमा रहेको बताएका थिए। प्रधानमन्त्रीको भनाइ उदृत गर्दै माओवादी नेताले भने, ‘म एमालेसँग कुरा गरिरहेको छु। मेरो प्रयास जारी छ। तपाईँहरूलाई थाहा नै छ। मैले एमाले अध्यक्ष केपीजीसँग पनि पटक-पटक छलफल गरिरहेकै छु। ओलीजी राष्ट्रपति अरू दललाई दिने कुरामा कत्ति पनि लचिलो हुनुभएकै छैन। तापनि १-२ दिन छ हेरौं न। सहमतिको प्रयास गरौं।’

कांग्रेस महामन्त्री गगन थापाले बैठकमा माओवादीले राष्ट्रपतिको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने विषय निकालेका थिए। जवाफमा प्रधानमन्त्रीले पार्टीको आधिकारिक निणर्य लिनकै लागि पदाधिकारी बैठक बोलाएको र बैठकबाटै औपचारिक घोषणा हुने बताएका थिए।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेसका शीर्ष नेतासँग नितान्त राष्ट्रपति निर्वाचनकै विषयमा छलफल गर्न बोलाएका थिए।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबारै सुर्खेतमा कांग्रेसको सावधानी नपुग्दा नगुमाउनुपर्ने धेरै कुरा गुमाइसकेको उल्लेख गर्दैै राष्ट्रपतिको निर्वाचनमा सुखद् समाचार सुन्न पाउने बताएका थिए। 

कांग्रेसकै एक पदाधिकारीका अनुसार यसअघि आइतबार छलफलमा बोलाइएका कांग्रेसका सबै नेतासँग प्रधानमन्त्री दाहालले छुट्टाछुट्टै भेट गरिसकेका हुन्। कांग्रेसको धारणा बुझेपछि प्रधानमन्त्रीले आज पार्टीको पदाधिकारी बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री अब छिट्टै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.