सडकमा कष्टकर जीवन बिताइरहेका युवकको उद्धार

सडकमा कष्टकर जीवन बिताइरहेका युवकको उद्धार
सुन्नुहोस्

वीरगन्ज: वीरगन्जको सडकमा कष्टकर जीवन बिताइरहेका एक युवकको मानव सेवा आश्रमले उद्धार गरेको छ।

 
वीरगन्जको मुर्ली चोकस्थित ढलको छेउमा लामो समय देखि बस्दै आएका मानसिक अवस्था कमजोर भएका अन्दाजी ३५ वर्षिय युवकलाई आश्रमले आइतबार राति उद्धार गरेको हो । 

फोहोर ढलकै छेउमा अत्यन्त कष्टपूर्ण अवस्थामा बस्दै आएका ती युवकलाई आश्रमको टोलीले सामाजिक अभियन्ता र प्रहरीको सहयोगमा राति उद्धार गरी आश्रममै लगेर राखेको छ।
 
उद्धार गरिएका ती युवकको मानसिक अवस्था ठिक नरहेकाले उनले आफनो नाम वतन पनि बताउन नसकेको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए।
 
आइतबार राति सडकबाट उद्धार गरी आश्रममा राखिएका ती युवकको सोमबार बिहान कपाल दारी काट्नुका साथै नुहाइ दिएर सफासुग्घर पारिएको गुप्ताले बताए। 

यसअघि गत सोमबार भ्यालेनटाइन डे का दिन पनि वीरगन्जमै रात्री गस्ती गरेर आश्रमको टोलीले खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरेको थियो । ती दुवै जनालाइ पनि आश्रमकै संरक्षणमा राखिएको छ।
 
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सार स्थित मानव सेवा आश्रममा हाल १ जना बालक, ३ जना बालिका, ७ जना पुरुष सहित ५२ जना आश्रित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.