चितुवाको आक्रमणमा ३ घाइते

चितुवाको आक्रमणमा ३ घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

गुलरिया : वन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–२ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फुलराम थारुलाई चितुवाले एक्कासि झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरीसमेत घाइते भएका छन्।

जंगल किनार बस्ती नजिकको झाडीमा चित्तल शिकार खाइरहेको चितुवाले बाख्रा चराइरहेका फुलरामलाई देखेपछि एक्कासि पछाडिबाट टाउकोमा आक्रमण गरेको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले बताए। गाउँले सहितको टोली लिएर उद्धारका लागि पुगेका बन कर्मचारीलाई  चितुवाले हातमा आक्रमण गरेको छ। सोही क्रममा १५ वर्षीय बालक विनय चौधरीको ढाडमा चितुवाले चिथोरेको अधिकृत शर्माले जानकारी दिए।

७० वर्षीय वृद्धको टाउकोमा ४ वटा टाँका लगाइएको छ। तिनै जनाको अवस्था खतरामुक्त रहेको उनले सुनाए। मधुवन क्षेत्रको वन्यजन्तु आक्रमण रोक्न फेन्सिङ बायर लगाउनुपर्ने शर्माले बताएका छन्। वन कार्यालयले घाइतेहरूको निःशुल्क उपचार गर्ने बताए। राहत निर्देशिका अनुसारको सहयोग पिडितले पाउने उनले जानकारी दिएका छन्। मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति स्थानीयले व्यहोर्दै आएका छन्। 

नगरपालिकाभित्र भएको घटनालाई लिएर मधुवन नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरेको छ। नगरप्रमुख तेजबहादुर भाटले वन्यजन्तुबाट जनधनको सुरक्षाको लागि तारबार, पर्खाल र नदीमा तटबन्धन गर्नुपर्ने माग गरेका छन्। जंगल किनारका बस्तीहरूमा सडक र सडक बत्तीको लागि आवश्यक बजेट उपलब्ध गराइदिन सरकारसँग अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.