प्रदेश सांसदले बनाइन् सम्पर्क कार्यालय
धनकुटा : प्रदेश नं. १ प्रदेशसभा सदस्य इन्दिरा थापाले धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेकी छिन्।
जनताको गुनासो संकलन गरी प्रदेश सरकारमार्फत समाधानका लागि सम्पर्क कार्यालय स्थापना गरेको प्रदेशसभा सदस्य इन्दिरा थापाले बताइन्।
उनले बिहीबार कार्यालयको उद्घाटन गरिन्। कार्यालयमा एक जना कर्मचारी राखेर जनताको गुनासो संकलन गरिनेछ। जनताको गुनासोलाई प्रदेशसभाको बैठकमा राख्ने उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !