हाम्रो उम्मेदवार दाउपेचको होइन, हामी जित्छौँ: केपी ओली
![हाम्रो उम्मेदवार दाउपेचको होइन, हामी जित्छौँ: केपी ओली](https://annapurnapost.prixacdn.net/media/albums/kp-oli2_v7o1Crc2PS_850jnURCJX.jpg)
काठमाडौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले दिएको उम्मेदवारी दाउपेचको नभएको बताएका छन्।
राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको मनोनयन दर्तापछि ओलीले भने, 'हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ।'
ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताए। उनले भने, 'हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन्। संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।'
अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार सर्वत्र स्वीकार्यमात्र नभइ स्वागतयोग्य विषय भएको बताए। उनले भने, 'हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन स्वागतको विषय बन्ने छ। हामीले सबैतिरबाट साथ सहयोग पाउने छौँ। सिंगो नेपाली जनताले हाम्रो साथ दिनुहुनेछ। अत्यधिक मतका साथ विजयी हुन्छौँ।'
वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको बताउँदै ओलीले सार्वजनिकमात्र आज गरेको बताए। उनले भने, 'वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको थियो। सार्वजनिक मात्र नगरेको हो। यसमा सहमत सबैले आफ्नो प्रतिवद्धतामा अडिक हुनुहुन्छ भन्ने विश्वास छ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)