राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माविलाई
सुन्नुहोस्

दाङ : दाङमा आयोजना गरिएको १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ।

जिल्ला खेलकुद विकास समिति सञ्चालन गरेको प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै तुलसीपुरले उपाधि जितेको हो।

त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा मावि घोराही दोस्रो हुँदा बिपि मावि बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो। 

सर्वोत्कृष्ट खेलाडी एथ्लेटिक्स छात्र जनप्रिय बोर्डिङ स्कुल बालापुरका सुजल डाँगी, छात्रातर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल, भलिबल छात्रामा जयशेर माविका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्दुका हितेस राम्जाली, कबडीमा रोजि वर्डसका रोषण थापा, छात्रामा गुरुजजुर माविका बिजया महतरा, कराते छात्र बिपि मावि बयालेका कुमार चपाईं, छात्रामा तुलसी आवासीयका मनिसा खड्का, तेक्वान्दोमा छात्रमा गोरखा मावि घोराहीका जस्मिन चौधरी, छात्रामा महेन्द्र माविका उमा पन्थी घोषित  भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.