कोशी नाम रहने सम्भावना बलियो

प्रदेश १ को प्रस्तावित नाम आजै संसदमा टेबल गर्ने तयारी

कोशी नाम रहने सम्भावना बलियो

प्रदेश १ को प्रस्तावित नाम आजै संसदमा टेबल गर्ने तयारी
विराटनगरस्थित प्रदेश १ को प्रदेशसभा सचिवालय। तस्बिर : राकेश कर्ण
सुन्नुहोस्

माओवादी सांसद राजेन्द्र कार्कीले प्रदेशको नामकरणका लागि सगरमाथा र कोशी नाम छलफलमा रहेको जानकारी दिए । उनले भने,‘सगरमाथा र कोशी दुई नाम छलफलमा छन् । यद्यपि,कोशी नाम राख्ने सम्भावना बलियो छ ।’

विराटनगर : प्रदेश १ को नामकरण संसदको चालु अधिवेशनबाट टुंगाउने प्रक्रिया अघि बढेको छ । नामकरण नगरी पहिलो कार्यकाल विताएको प्रदेश सरकारले चालु अधिवेशनबाटै प्रदेश १ को नाम राख्ने भएको हो । 

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिसहित बुधबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । 

प्रदेशको नामकरणका लागि सगरमाथा र कोशी नाम छलफलमा रहेको माओवादी सांसद राजेन्द्र कार्कीले  जानकारी दिए । उनले भने,‘सगरमाथा र कोशी दुई नाम छलफलमा छन् । यद्यपि,कोशी नाम राख्ने सम्भावना बलियो छ ।’

प्रदेश १ को नामकरणका लागि प्रदेशसभा बैठकमा कोशी नदीको नाम प्रस्ताव गर्ने गृहकार्य भइरहेको छ । सम्भवतः ‘कोशी’ नाम प्रस्ताव गर्ने तयारी रहेको बताइएको छ । 

राजनीतिक दलका नेताहरूको गोप्य छलफलपछि प्रदेश नामकरणको विषयले बल्ल संसदमा प्रवेश पाउने भएको माओवादी सांसद राजेन्द्र कार्कीले अन्नपूर्णलाई बताए । प्रदेशको नामकरणका लागि सगरमाथा र कोशी नाम छलफलमा रहेको उनले जानकारी दिए । उनले भने,‘सगरमाथा र कोशी दुई नाम छलफलमा छन् । यद्यपि,कोशी नाम राख्ने सम्भावना बलियो छ ।’

२०७५ बैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुंगो लागेसँगै प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले नामकरणको विषय पनि टुङ्गो लगाउने भरपुर प्रयास गरेको थियो । तर, बैशाख १९ गते बसेको बैठकमा राजधानी र नामकरणका लागि प्रस्ताव पेश गरिएकोमा ४ दिनपछि विराटनगरलाई राजधानी कायम गर्न सफल भएपनि नामकरण भने हुन सकेको थिएन् ।

प्रदेशसभा बैठकमा कुनै बाधा अड्चन उत्पन्न नभए रातिसम्म भएपनि प्रदेशले नाम पाउने सम्भावना प्रबल रहेको नेताहरूले बताएका छन् ।

 मुख्यमन्त्री राईले संसदको पाँचौं अधिवेशनबाटै नामाकरण टुङ्गो लगाउने प्रयास गरेका थिए । तर,सबैको अपनत्व हुने र सबैले शिरोधार्य गर्नसक्ने खालको नाम नभेटिएपछि नामाकरणको विषयले त्यतिबेला औपचारिकता पाएन् ।

बदलिँदो राजनीतिक घटनाक्रमले प्रदेश १ को दोस्रो मुख्यमन्त्री बनेका भीम आचार्यले पनि नामकरणको सवालमा सामान्य चर्चा चलाएका थिए । तर,बहसमा लैजान नसक्दा नामकरणको एजेण्डाले त्यतिबेला पनि संसदमा प्रवेश पाएन् । 

यसले सरकारको कमजोरीलाई थप मलजल गरिदियो । त्यसपछि तेस्रो मुख्यमन्त्रीका रुपमा प्रदेश १ सरकारको नेतृत्व गरेका राजेन्द्र राईले पनि पहिलो कार्यकालबाटै नामकरणको विषय टुङ्गयाउने प्रयास गरेका थिए । प्रदेशसभा बैठकमा नामकरण गरिनुपर्ने आवाज पनि उठेको थियो । नामकरणका लागि विभिन्न समिति गठन गरेर प्रक्रिया समेत अघि बढाईएको थियो । तर,अन्तिम क्षणमा आएर दलहरूले लचकता नदेखाउँदा प्रदेश सरकारको पहिलो कार्यकालबाट पनि प्रदेशको नामकरण हुन सकेन् । दलहरू आ–आफ्नो अडानबाट पछि सर्न नचाहँदा प्रदेश १ ले नाम पाएन् ।

हाल मुलुक संघीय संरचनामा रुपान्तरण भएको ५ वर्ष वितिसक्दा पनि  ७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश १ को मात्र नामकरण हुन बाँकी छ । प्रदेश नामकरणको सवालमा दलहरु गम्भीर नबन्दा पछिल्लो ५ वर्षदेखि प्रदेशबासीले अङ्कगणितीय पहिचान बोक्दै आएका छन् ।

यद्यपि,बुधबार बस्ने प्रदेशसभा बैठकमा कुनै बाधा अड्चन उत्पन्न नभए रातिसम्म भएपनि प्रदेशले नाम पाउने सम्भावना प्रबल रहेको नेताहरूले बताएका छन् । नामकरणको विषयले परिस्थिति बिग्रने डर भएकाले यो विषयलाई हाल गोप्य राखिएको उनीहरूको भनाइ छ ।

नेपालको संविधानमा प्रदेशको नामकरण टुङ्गो लगाउन प्रदेशसभा दुई तिहाइ मत आवश्यक पर्ने व्यवस्था गरिएको छ । जसअनुसार ९३ सदस्यीय प्रदेशसभामा नामकरणको विषय टुंगो लगाउन ६३ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश १ को प्रदेशसभामा हाल एमालेका ४०,कांग्रेसका २९,माओवादीका १३,राप्रपाका ६,नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ जना सांसद छन् ।

सत्तापक्ष र विपक्ष विभाजित हुँदा कसैको पनि दुईतिहाइ मत पुग्नसक्ने सम्भावना कम रहेकाले सर्वसम्मतिमै नामकरण टुङ्गयाउने तयारी रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.