त्रियुगाका प्रथम मेयरको स्मृतिमा आँखाको निःशुल्क शल्यक्रिया

त्रियुगाका प्रथम मेयरको स्मृतिमा आँखाको निःशुल्क शल्यक्रिया
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर:उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयरको स्मृतिमा आँखाको मोतियाबिन्दु भएका ४५ जनालाई निःशुल्क शल्यक्रिया गरिएको छ ।

छोराहरू सचिन र समिओ राईले बुबा मेयर स्वर्गीय लालशेर राई र आमा मिथिला राईको सम्झनामा त्रियुगा नपा वडानं १४ साउनेका आँखा रोगीको निःशुल्क शल्यक्रियामा सहयोग गरेका हुन् । 

नेपाल नेत्रज्योति संघको समन्वयमा मदन भण्डारी आँखा अस्पताल त्रियुगा नपा १० ले केहि दिनअघि साउनेमा आयोजना गरेको आँखा शिविरमा उनीहरूमा मोतियाबिन्दु फेला परेपछि नेपाल आँखा अस्पताल काठमाडौंका डा.कमल खड्काको नेतृत्वमा आएको टोलीले शल्यक्रिया गरेको संघका सभापति तथा अस्पतालका अध्यक्ष भागवत राउतले बताए । 

उनले भने,‘बिरामीको शल्यक्रिया गर्नै पर्ने चिकित्सकले सल्लाह दिएपछि दाताको खोजी गर्दै जाँदा प्रथम मेयर राईका परिवारले सामाजिक सेवामा अग्रसरता देखाउनु भयो ।‘संसार हेर्ने आँखाजस्तो अंगलाई सेवा प्रदान गर्ने उहाँहरूको भावनालाई हामीले समन्वय गरिदिएका हौं,राउतले भने,‘गरिब दुःखीका लागि उहाँहरूको यो सामाजिक कार्यले अन्यलाई पनि प्रोत्साहन पुग्नेछ ।'

मेयर राईका छोरा सचिनले उदयपुरको इतिहास बोकेका आफ्नो बुबा र आमाको नामबाट सेवा गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता समाजिक कार्यमा सहयोग गर्दै जाने बताए । 

सोही क्रममा आँखा अस्पताल र बिरामीले प्राप्त गरिरहेको सेवाको जापानीज दूतावासकी प्रोजेक्ट म्यानेजर युमिको उन्साईले अवलोकन गरेकी थिइन् । उनले सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । आँखा अस्पतालको सेवा प्रवाहका लागि दूतावासले सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.